दसैंमा घर आएका प्रहरी हबलदारको ट्रकको ठक्करबाट मृत्यु
- आश्विन २९, २०८१ मा प्रकाशित
नवलपरासी । नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– १५ सुक्रौलीस्थित हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको ना.५ ख २२५५ म्बरको ट्रकले सोही दिशातर्फबाट आउँदै गरेको लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक प्रहरी हवल्दार ३९ वर्षीय चुडामणि भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । नवलपरासीकै सुनवल– १३ घ्युडल्ला घर भएका भट्टराई इलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत थिए । दसैँ मान्न घर आएको बेला उनी दुर्घटनामा परेका हुन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारको लागि प्रहरीले गाडीमा राखेर जिल्ला अस्पताल परासीमा लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले केही समय रामग्राम नगरपालिका–१५ सुक्रौलीमा हुलाकी सडक खण्ड अवरुद्ध गरेका थिए । दुर्घटनापछि ट्रक चालकलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए । प्रहरी हवल्दार भट्टराईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments