•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:02:05 AM

पहिरोले अवरूद्ध अरनिको राजमार्ग खुलाइयो

- आश्विन २७, २०८१ मा प्रकाशित



काठमाडौं । सुख्खा पहिरो खसेपछि अवरूद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५० किलो भन्ने स्थानमा सुख्खा पहिरो खसेको थियो ।

पहिरो पन्छाएर सडक सञ्चालन गरिएको काभ्रे प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू मर्कामा परेका थिए ।

Comments

सम्बन्धित खवर