•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:08:24 AM

बाजुरामा अरिंगालको टोकाइबाट एकको घटनास्थलमै मृत्यु, एक जना घाइते

- आश्विन २७, २०८१ मा प्रकाशित



बाजुरा । बाजुरामा शनिबार दिउँसो अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् । मृत्यु हुनेमा बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–५ मनाका ६५ वर्षीय अंगे बडुवाल छन् । घाइते हुनेमा सोही गाउँका डम्मर साउदा छन् ।

अरिंगालको घर भत्काउने क्रममा गम्भीर घाइते भएका अर्का ६० वर्षीय स्थानीय डम्मर साउद प्राथमिक उपचारपश्चात् सामान्य भइसकेको स्थानीय बासीले जानकारी दिए । भैसीगोठमा अरिंगालले बनाएको घर भत्काउन खोज्दा अरिंगालको टोकाइबाट बडुवालको घटनास्थलमै मृत्यु भएको थियो भने साउद घरमै प्राथमिक उपचारपछि सामान्य भएको पारिवारिक श्रोतले जनाएको छ ।

Comments

सम्बन्धित खवर