•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:08:46 AM

कोहलपुरमा टाउको बिनाको युवकको शव फेला

- आश्विन २७, २०८१ मा प्रकाशित



बाँके । बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव भेटिएको छ । कोहलपुर नगरपालिका–८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले जानकारी दिए ।

आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको उनले बताए । सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको बताए ।

प्रहरी निरीक्षक भट्टका अनुसार हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ । ‘जसले जे काम लगाउँछ सोही काम गरिदिने र सामान्य रुपमा जीवन यापन गर्दै आएका उनको वीभत्स हत्या भएको छ । हामी सूक्ष्म तरिकाले अनुुसन्धान गरिरहेका छौं,’ उनले भने ।

दसैंको टीकाको दिन राति उनको हत्या भएको अनुमान प्रहरीले गरेको छ । घटनास्थलदेखि झण्डै दुई सय मिटर टाढाको सिसी टिभी क्यामेराममा एक जना व्यक्तिले कालो पोलिथिनको झोला बोकेर हिँडिरहेको दृष्य फेला देखिएको छ । ती व्यक्ति को हुन् र उनले कालो पोलिथिनको झोलामा के बोकेर हिँडेका थिए भनेर अनुसन्धान केन्द्रित गरेको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ ।

Comments

सम्बन्धित खवर