•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:05:46 AM

दसैंका बेला बञ्चरोले हानेर श्रीमतीको हत्या

- आश्विन २६, २०८१ मा प्रकाशित



कैलाली । दसैंका बेला परिवारमा बसेर रमाइला गर्नु पर्ने बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीलाई  बञ्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका  प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

बञ्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ । हिरादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ ।

Comments

सम्बन्धित खवर