•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:07:11 AM

माया घरमा सशस्त्र प्रहरीद्वारा लताकपडा र खाद्यन्न वितरण

- आश्विन २४, २०८१ मा प्रकाशित



इटहरी। बडा दशैंलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल १ नं बराह बाहिनी सुनसरीद्वारा माया घर नेपालमा आश्रित १५० भन्दा बढीलाई नयाँ कपडा, खाद्यन्न र फलफूल वितरण गरिएको छ। बराहा बाहिनीका प्रहरी प्रमुख डिआइजी सम्भु सुवेदीको नेतृत्वमा टोलीले इटहरीको माया घर नेपालमा आश्रितहरूलाई बडा दशैंका शुभकामना आदानप्रदान गर्दै नयाँ लुगा, खाद्यन्न र फलफूल वितरण गरेका हुन्। सडकमा बेवारिसे, अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको इटहरीस्थित माया घर नेपालमा हाल १५० भन्दा बढीले आश्रय लिइरहेका छन्।

 

Comments

सम्बन्धित खवर