विराटनगरबाट जनकपुर उडेकाे बुद्ध एयरको आपत्कालीन ढोका यात्रुले खोलिदिए , ९ दिनमा भए ३ घटना
- आश्विन २४, २०८१ मा प्रकाशित
इटहरी । आज (बिहीबार) बिहान विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको आपत्कालीन ढोका एक यात्रुले खोलिदिएका छन्। बुद्ध एयरले दिएको जानकारीअनुसार बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरेको थियो।यस क्रममा यात्रुले विराटनगर विमानस्थलमा विमानको आपत्कालीन ढोका खोलिदिएका हुन्। यात्रुले आपत्कालीन ढोका खोल्दा उडान प्रक्रिया नै अवरुद्ध भई उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ।
योसमेत ९ दिनभित्र बुद्धका विमानमा यात्रुले आपत्कालीन ढोका खोलिदिएका ३ घटना भइसकेका छन्। बुद्ध एयरले दिएको जानकारीअनुसार अक्टोबार २ मा विराटनगरबाट काठमाडौँ, अक्टोबर ७ मा नेपालगन्जबाट काठमाडौँ र आज (अक्टोबर १०) फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयर विमानको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन्। त्यसरी आपत्कालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरिएको बुद्ध एयरले जनाएको छ।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ। त्यसबाहेक उडान सुरक्षामा खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै यात्रुलाई जानकारी गराएका हुन्छन्।आपत्कालीन ढोका अत्यावश्यक अवस्थाबाहेक खोल्न मिल्दैन, यसले उडान सुरक्षामै असर पार्छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments