•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:10:27 AM

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते, ४ को अवस्था गम्भीर , गाडी दुर्घटनामा परेपछि चालक फरार

- आश्विन २४, २०८१ मा प्रकाशित



सल्यान । सल्यानमा २० जना सवार फोर्स गाडी दुर्घटनामा परेको छ। आज बिहान नेपालगन्जबाट दसैँका यात्रु लिएर रुकुम पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका(३ गुरेलीमा दुर्घटनामा परेको हो।दुर्घटनामा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कार्यालय सल्यानका सूचना अधिकारी रेसमबहादुर खत्रीका अनुसार आज बिहान ४ बजे ब्रेक फेल भएपछि गाडी भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो।

दुर्घटनामा रुकुमको चौरजहारी नगरपालिका(१ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका(३ का सन्तोष राना, बसन्त भारती,गीता बुढा, बसन्ता भारती, कुमाख गाउँपालिका १ की बिष्णु चन्द, घनश्याम केसी, पारस भारती, सम्झना भारती, हरि सुनार, विनोदनाथ योगी, विनितानाथ योगी, सलिना शाही, दिपकनाथ योगी, सुजाता बुढाथोकी र बिन्दु लमिछाने घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते लाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ। अन्यको चौरजहारी मिसन अस्पतालमा उपचार भैरहेको खत्रीले जानकारी दिए।दुर्घटनापछि गाडी चालक कुमाख गाउँपालिका ३ का बसन्त बुढाथोकी फरार भएका प्रहरीले जनाएको छ ।तीब्र गतिका कारण ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

Comments

सम्बन्धित खवर