•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:01:22 AM

दाङमा युवतीमाथि सामुहिक बलात्कार, चार युवक पक्राउ

- आश्विन १८, २०८१ मा प्रकाशित



दाङ । दाङमा एक १९ वर्षीया युवती सामुहिक बलात्कारको शिकार भएकी छन् ।  बिहीबार दाङको गढवा गाउपालिका–५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा बोलाएर युवतीलाई चार जनाले पालैपालो जबरजस्ती करणी गरेको पाइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।

१९ वर्षीया युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाहको प्रलोभन देखाएर बोलाएको पाइएको अनुसन्धानमा देखिएको छ । किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चार जनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए । प्रहरीले किरणसहित चारै जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउपालिका– ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर