•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:01:33 AM

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता ,अन्तर्वार्ता लिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नै अनुपस्थित

- आश्विन १८, २०८१ मा प्रकाशित



काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज (शुक्रबार) का लागि तय गरिएको अन्तर्वार्ता रोकिएको छ । छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । तर, आज पनि तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी अस्वस्थ रहेकोले अर्को सूचना जारी नहुँदासम्म अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । बोर्डको अध्यक्ष पदका लागि नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्की संक्षिप्त सूचीमा समावेश छन् ।

यसअघि सर्टलिस्टमा परेर पनि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया शुरू गर्न समितिका तीनै सदस्य रहने गरी अर्को  सिफारिस समिति बनाएको थियो ।

Comments

सम्बन्धित खवर