•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:03:17 AM

हुम्लामा दशैंका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर युवक–युवतीको मृत्यु

- आश्विन १६, २०८१ मा प्रकाशित



हुम्ला  । हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । उनका अनुसार उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।

बुधबार (आज) बिहान दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको उनले बताए । घाइतेको स्थानीय स्वास्थ्य चाैकीमा उपचार भइरहेको छ । मृतकको शव पनि पोस्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताए । मृतक ध्रुव शाही ताँजकोट गाउँपालिका रोजगार शाखाका प्राविधिक समेत हुन्।

Comments

सम्बन्धित खवर