भेडेटारकाे स्काइवाक सञ्चालनमा , मुख्यमन्त्री कार्कीले गरे उदघाटन
- श्रावण ११, २०८१ मा प्रकाशित
इटहरी ।कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काइवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेश मुख्यमन्त्री हिकमत कुमार कार्की धनकुटा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले सामूहिक रुपमा रिवन काटेर उद्घाटन गरे संगै स्काइवाक सञ्चालनमा आएको हो । कोशी सरकारको अगुवाइ तथा निजी क्षेत्रको लगानी सहित भेडेटारमा स्काइवाक निर्माण भएको हो।
भेडेटारको पूर्वाधार विकासका लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बूढीगंगा मोरङले धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमानामा रहेको चाल्स प्वाइन्टनजिकै सिसाको ४० मिटर बाटो बनाएर मान्छे हिड्न मिलने गरी स्काइवाक बनाएको हो । २० करोड भन्दा बढी लगानीमा स्काइवाक निर्माणपछि पर्यटकहरू थप आकर्षित हुने वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिका अध्यक्ष प्रविन्द्र पोख्रेल ९ आकर्षण ०ले बताए ।
भेडेटारको चार्ल्स भ्युटावरमा निर्माण भएको स्काइवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना रहेको र निकै लामो समयको अथक प्रयास पछि निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिका सुनिल भुषालले बताए ।
काठमाडौं , कन्याम को अपार सफलतापछि तेश्रो भ्यु टावर सहितको स्काइवाक धनकुटाको सागुरिगढी गाउपालिकामा निर्माण सम्पन्न भएको अब केहि समयपछि स्काइवाक संगै जिपलाइन ,बन्जी तथा फ्रिफलसमेत सञ्चालनमा ल्याइने पर्यटन व्यवसायी भुषालले बताए । निर्माण पछि सञ्चालनमा आएको सकाइ वाकमा प्रयोग भएको शिसा करिब ३३ मी।मीको रहेको छ भने सिसामा हिड्ने पुल ४१ मिटर लम्बाइ ,२ मीटर चौडाइ रहेको छ ।संग संगै १८।५ मीटर अग्लो भ्यु टावर समेत निर्माण गरिएको छ ।
स्काइ वाक निर्माण पछि आन्तरिक मात्र नभइ ,भारत , बङ्ग्लादेश ,भुटान ,चिन लगायत विदेशी पर्यटकहरूको आगमन बढ्ने विश्वास गरिएको छ । स्काइ वाक संगै सो क्षेत्रमा प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन भने भविस्यमा १०० जनालाइ रोजगार प्रदान गर्ने योजना सहित काम अघि बढाइएको परियोजनाका सुनिल भुषालले बताए ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments