वरिष्ठ लोक गायक जोशीको निधन
- श्रावण ११, २०८१ मा प्रकाशित
इटहरी । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ सहितका लाेक गीत निकै चर्चित छन्।
वि.सं. १९९३ सालमा धनकुटामा जन्मिएका जोशी पछि झापा बसाइँ सरेका थिए। विर्तामोडस्थित घरमा बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका उनलाई उपचारको लागि अस्पताल लैजानेक्रममा निधन भएको हो।
जोशी लामो समयदेखि मधुमेहका बिरामी थिए। उनको आजै बिहान झापाको कन्काई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments