प्रधानमन्त्री ओलीको आज शपथ
- असार ३१, २०८१ मा प्रकाशित
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आइतबार प्रधानमन्त्री नियुक्त ओलीले आज शपथ लिन लागेका हुन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम छ । पौडेलले बिहान ११ बजे शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीन पटक प्रधानमन्त्री भएका थिए । असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments