प्रधानमन्त्री नियुक्त भएपछि ओलीले लेखे : सबैमा सम्मान, सबैलाई धन्यवाद !
- असार ३०, २०८१ मा प्रकाशित
इटहरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि सबैलाई सम्मान र धन्यवाद दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ! ’
आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । अध्यक्ष ओली २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने ।
तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबी पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहान नै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । तर अहिलेसम्म सरकारमा जाने मन्त्रीहरुको टुंगो कांग्रेस र एमालेले लगाउन सकेका छैनन् ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments