नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै
- मंसिर ११, २०८० मा प्रकाशित
इटहरी । नेपाल सुपर लिग (एनएसएल) मा आज (सोमबार) दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् । इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो । खेल साँझ साढे ५ बजे हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ ।
प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
Comments