•  १० मंसिर २०८१, सोमबार
  •  8:13:39 AM

भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

- कार्तिक १८, २०८० मा प्रकाशित



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।

Comments

सम्बन्धित खवर