•  ९ मंसिर २०८१, आईतवार
  •  7:04:59 AM

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

- भाद्र १५, २०८० मा प्रकाशित



काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका होलेन प्रधानमन्त्री प्रचण्डलाई भेट्न साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्यसमेत रहेका सिनेटर र प्रधानमन्त्री प्रचण्डबीच नेपाल र अमेरिकाबीच सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालस्थित अमेरिकी राजदूतावासले सिनेटको भ्रमणका क्रममा अमेरिका–नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ।त्यस्तै, नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि बताइएको छ।

Comments

सम्बन्धित खवर