सुन प्रकरणको छानविन समिति गठन गर्न सरकार तयार, आज संरचना बनाइदै
- भाद्र ५, २०८० मा प्रकाशित
काठमाडाै । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको छ ।छानबिन समितिको कार्यदेशबारे गृहकार्य गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको बैठकमा सुन तस्करीबारे छलफलका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् । समितिको कार्यादेश र त्यसको संरचना आज टुंगो लगाइँदै छ।
उच्चस्तरीय समितिको कार्यादेश, निर्देशित सर्त र त्यसको संरचनाको मस्यौदा आज तयार पार्न लागिएको हो । उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको थियो । कार्यदलले मंगलबार बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ । यसलाई अन्तिम रूप दिन मंगलबारै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ ।
मस्यौदामा सहमति भएर मंगलबारदेखि सदनको अवरोध हट्ने नेताहरूले विश्वास व्यक्त गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानअनुरूप नै सुन प्रकरणबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति बनाउन सबै सहमत भएका हुन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments