•  ९ मंसिर २०८१, आईतवार
  •  7:13:38 AM

अब एमालेका सबै कमिटीमा ४० वर्षमुनिका युवा अनिवार्य

- श्रावण २९, २०८० मा प्रकाशित



काठमाडौं ।नेकपा एमालेले पार्टीका सबै कमिटीमा ४० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन कोटा निर्धारण गरेको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका प्रदेशदेखि टोल कमिटीसम्म युवाको न्यूनतम प्रतिशत तोकेर मातहत कमिटीमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश अधिवेशनहरूबाट ४० वर्षमुनिका कम्तीमा १० प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व हुने बताए । त्यस्तै जिल्ला कमिटीमा न्यूनतम १५ प्रतिशत,पालिका कमिटीमा न्यूनतम २० प्रतिशत र वडा तथा टोल कमिटीहरूमा कम्तीमा एक तिहाइ ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने ज्ञवालीले बताए ।

Comments

सम्बन्धित खवर