मेची र विराटनगर भन्सारबाट १४ करोड बढीको बन्दागोभी निर्यात
- श्रावण १७, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै १४ करोड बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यी दुई भन्सारबाट १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो । पूर्वी नाका काँकरभिट्टाबाट ७ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको उनले बताए ।
विराटनगर भन्सार हुँदै एक वर्षको अवधिमा ६ करोड ५६ लाख ९२ हजार आठ सय मूल्य बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको उनको भनाइ छ । कोशीका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ ।
अघिल्लो आवको नौ महिनामा मात्र पूर्वी नाका काँकरभिट्टाबाट १७ करोड बढीको बन्दागोभी निर्यात भएको थियो । जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको तथ्याङ्कले देखाउँछ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments