•  ७ मंसिर २०८१, शुक्रबार
  •  1:21:11 AM

अश्लील भिडियो बाहिरिएपछि दमकका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले बोलायो

- श्रावण १६, २०८० मा प्रकाशित



झापा । अश्लील भिडियो बाहिरिएपछि विवादमा परेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय डम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।सरकारी क्वाटरमा महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रायले सोमबार २४ घण्टा भित्र हाजिर हुन निर्देशन दिएको हो ।

निजामति कर्मचारीको आचरण र मर्यादाविपरितको गतिबिधि गरेका कारण उनलाई मन्त्रालयले बोलाएको हो । चलानी नम्बर २४ रहेको पत्रमा भनिएको छ‘तपाईसँग केहि कुरा बुझ्नुपर्ने भएकोले २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन अनुरोध छ ’

नगरपालिकाको क्वाटरमा निरौला र एक महिला मदिराको नशामा टिकटकमा लाइभ कुराकानी गरेको भिडियो सार्वजनिक भएपछि निरौला विवादमा तानिएका थिए । विवादमा तानिएपछि उनले आइतबार आफ्नो क्वाटरमा रङरोगन गर्न लगाएका थिए । अनैतिक गतिविधि बाहिरिएपछि प्रमाण नष्ट गर्न कोठाको रंगरोगन गरेको उनीमाथि आरोप छ ।

Comments

सम्बन्धित खवर