माेदी सरकारले खाेस्याे आदिपुरुषका लेखकलाई दिईएका प्रोजेक्ट
- असार १७, २०८० मा प्रकाशित
नयाँदिल्ली । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिएका हुन ।
उनले भनेका छन, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’
उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उनी माथी आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाईएका कारण चल्न पाएको थिएन । उनी अगाडी लेख्छन, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान श्रीरामजीसँग माफी माग्नु होस् ।’
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
-
ताजा कार्तिक १६, २०८१रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना
-
ताजा कार्तिक १६, २०८१तीन पटकको च्याम्पियन इङ्ल्याण्डमाथि नेपालको शानदार जित
Comments