•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:25:38 AM

अमेरिकी डिभी नतिजा आज राति आउँदै, यसरी हेर्न सकिनेछ नतिजा

- बैशाख २३, २०८० मा प्रकाशित



काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा (रिजल्ट) आज (शनिबार) राति आउँदैछ । मे २६ अर्थात आज वैशाख २३ गते राति ९ः४५ मा नतिजा सार्वजनिक हुने भएको हो ।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा चिट्ठा परे / नपरेको थाहा हुन्छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका https://dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नु पर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन ।

डिभीका लागि छानिँदैमा कसैले सबैले भिसा पाउने भन्ने हुँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्छ ।

Comments

सम्बन्धित खवर