हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ
- बैशाख १३, २०८० मा प्रकाशित
इटहरी । सुनसरीकाे कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर) ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
-
ताजा कार्तिक १६, २०८१रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना
-
ताजा कार्तिक १६, २०८१तीन पटकको च्याम्पियन इङ्ल्याण्डमाथि नेपालको शानदार जित
Comments