बारा–२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित
- बैशाख १३, २०८० मा प्रकाशित
बारा । बारा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।
सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधारीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको छ ।
त्यस्तै, तेस्रो बनेका नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे । आइतबार भएको उपनिर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो । गएको मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचन मंसिर ४ मा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतले पराजित भएका यादव निर्वाचित भएका हुन् । पाँच महिनाअघि पराजित यादवको संसद् छिर्ने चाहनाले रामसहायलाई उपराष्ट्रपति बनाएका थिए । अहिले निर्वाचित भएसँगै उनको संसद् छिर्ने चाहना पूरा भएको छ ।
०६३/०६४ पछि मधेस राजनीतिमा उदाएका यादव ०६४, ०७० र ०७४ को चुनावबाट लगातार संसद् छिरे । उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट निर्वाचित भएका थिए । ०७० सालको दोस्रो संविधानसभामा मोरङ–५ बाट पराजित भएका उनी सुनसरी–५ बाट निर्वाचित भए । ०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
-
ताजा कार्तिक १६, २०८१रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना
-
ताजा कार्तिक १६, २०८१तीन पटकको च्याम्पियन इङ्ल्याण्डमाथि नेपालको शानदार जित
Comments