‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै
- चैत्र २८, २०७९ मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।
अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।
सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले चिन्दै नचिनेको प्रसाईसँग कसरी पैसा मागिन्छ ? भन्ने तर्क गर्दै आएका छन् । उता सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै स्पष्ट पारिसकेका छन् । यसबीच सांसद ढाकाकुमार श्रेष्ठ प्रकरणसँग जोडिएको अर्को अडियो सोमबार राति बाहिरिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments