रास्वपा सांसद ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक (अडियोसहित)
- चैत्र २८, २०७९ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठ प्रकरणको अर्को अडियो बाहिरिएको छ । सोमबार राति सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठ आफै र उनका ‘भाइ’ जोडिएका छन् ।
आइतबार मात्र सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो । जसमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको ‘कोर टिम’ लाई दिन दुई करोड आवश्यक पर्ने दाबीसहित व्यवसायी प्रसाईंसँग पैसाको मोलमोलाइ गरिरहेको सुन्न सकिन्छ ।
सोमबार राति कपुरबोट मिडिया नामक फेसबुक पेजबाट सन्तोष देउजाले नयाँ अडियो सार्वजनिक गरेका हुन् । देउजा आफैले पनि सोमबार (आज) आफूलाई सांसद ढाकाकुमार श्रेष्ठको पीए (स्वकीय सचिव) बताउने व्यक्तिबाट मेसेज आएको दाबी गर्छन् । उसो त उनले मेसेज भिडियोमै देखाउँछन् पनि ।
मेसेजमा भनिएको छ, ‘सन्तोषजी, म ढाका कुमारको पीए (स्वकीय सचिव) हो । कृपया मेरो फोन उठाउनु होला ।’ देउजाको भनाइअनुसार त्यही नम्बरबाट आजै दिउँसो व्यवसायी दुर्गा प्रसाईंलाई फोन गरिएको छ । उनले फोन संवादको अडियो पनि राखेका छन् । प्रसाईंसँगको कुराकानीमा फोन गर्ने व्यक्तिले आफू सांसद ढाकाकुमारको भाइ भएको दाबी गरेका छन् ।
दुर्गा प्रसाईं र सांसद ढाकाकुमार श्रेष्ठका भाइ भनिएका व्यक्तिबीच के कुरा भएको छ ?
दुर्गा प्रसाईं : तपाईं डा. ढाकाकुमा श्रेष्ठको भाइ ?
फोनमा बोल्ने व्यक्ति : हजुर ।
दुर्गा प्रसाईं : भन्नु त सर के कुरा हो ?
फोनमा बोल्ने व्यक्ति : दाइलाई पार्टीले कारबाही गर्ने भयो । साधारण सदस्य पनि नहरने, सांसद पद पनि जाने भयो क्यारे ।
दुर्गा प्रसाईं : मैले के गर्दा हुन्छ ?… ढाकाकुमारको के गल्ती छ र ? माग्ने मान्छेको पो गल्ती हो त ? कुरा बुझ्नुभएन, भाइ ?
फोनमा बोल्ने व्यक्ति : त्यही त दाइलाई फसाए क्यार, त्यति सोझो मान्छेलाई । अब के गर्ने त, हजुरले बुझिदिनुपर्यो यो कुरालाई ।
दुर्गा प्रसाईं : अब मैले के गर्नुपर्यो त अब भन्नु न । म सहयोग गरिहाल्छु नि !
फोनमा बोल्ने व्यक्ति : एकचोटि दाइले भेट्न खोज्नुभएको थियो, हजुरलाई । हजुर कता हुनुहुन्छ होला ?
दुर्गा प्रसाईं : म आज वीरगन्जको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्न भन्नु न त ल ।
फोनमा बोल्ने व्यक्ति : वीरगन्जको कहाँ हुनुहुन्छ ?
दुर्गा प्रसाईं : अहिले म कार्यक्रममा आइरहेको छु नि त । बैंक, लघुवित्त र सहकारीले सिध्याइहाल्यो । रवि लामिछानेहरू अब लुट्न गएका छन् त्यहाँ…। मलाई एउटा कुरा चित्त नबुझेको क्या, सांसद बनाउँदा पनि पैसा लिने, मन्त्री हुँदा पनि पैसा लिने । यो त भएन नि, पार्टी अध्यक्षहरूको ।
फोनमा बोल्ने व्यक्ति : यो त खै ! अब दाइहरूको यो के हो बुझ्दिनँ क्यार । त्यही त, दाइले एकपटक कुरा गर् न त भन्नुभएको थियो क्यार ।
त्यत्तिकैमा फोन संवादको अडियो सकिन्छ । तर, त्यसपछि देउजाले अर्को रोचक भिडियो भिडियो फुटेज सार्वजनिक गर्छन् । देउजाका अनुसार उक्त भिडियो फुटेजमा देखिएका व्यक्ति दुर्गा प्रसाईंका सहयोगी यदु गौतम हुन् । गौतमलाई सांसद ढाकाकुमार आफैँले फोन गरेको दाबी देउजाको छ ।
दुर्गा प्रसाईंका सहयोगी भनिएका यदु गौतम र सांसद ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिबीच के कुरा भएको छ ?
यदु गौतम : यो कुरा फेरि यदुजीलाई भन्नुभएको छ भनेर भनेर पनि नभन्नुहोला के यार । किनभने तपाईं माननीय हो नि त यार । मैलै सम्मान गर्नुपर्यो नि । रविजीलाई मैले चितवनमा भेट्न खोजेको थिएँ । दुर्गा दाइ र रवीजी मिलेपछि यो देश आफ्नो बनाउन सकिन्छ भनेर भनेको थिएँ…. । तर, उहाँले खासै चासो लिनुभएन…. ।
सार्वजनिक भिडियोमा यदु गौतम भनिएका व्यक्तिले लाउड स्पिकर अफ गरेर कुराकानी गरिरहेको देखिन्छ । उताबाट ढाकाराम श्रेष्ठ भनिएका व्यक्ति बोल्न थालेपछि भिडियो कैद गरिरहेका व्यक्तिले मोबाइलको लाउड स्पिकर अन गर्छन् ।
त्यसपछि फोनमा सांसद ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले भन्छन् : …दुर्गा प्रसाईंजीले त्यो अडियोको बारेमा केही बोलिदिनुभयो भने केही पोजिटिभ मेसेज जान्थ्यो अनि सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो । तपाईंले केही प्रयास गर्नुहुन्थ्यो भन्ने के सर । यो कुरा बढाएर…के फाइदा उहाँलाई ।
यदु गौतम : अब फाइदा, घाटा भन्दा पनि अब । त्यो विषयमा भरे सल्लाह गरौँला सर । अहिले फोन राखेँ ।
https://www.facebook.com/v10.0/plugins/video.php?allowfullscreen=true&app_id=213526315440506&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df246c78740aa7c8%26domain%3Dwww.nayapage.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fwww.nayapage.com%252Ff23308af85fb38%26relation%3Dparent.parent&container_width=776&href=https%3A%2F%2Fwww.facebook.com%2Fprime.minister.3348390%2Fvideos%2F3464424713884767%2F%3Ft%3D0&locale=en_US&sdk=joey
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments