•  ९ मंसिर २०८१, आईतवार
  •  3:05:02 AM

प्रदेश–१ काे संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने

- फाल्गुन १७, २०७९ मा प्रकाशित



विराटनगर । प्रदेश–१ को संसद बैठक आज (बुधबार) बस्दैछ । बैठकले प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ ।पहिलो कार्यकालमा प्रदेशको नाम टुंगाउन नसकेको प्रदेश–१ को संसद्ले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुंगो लगाउने प्रयास गर्ने भएको छ । अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भए पनि नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश–१ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुङ्गो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा नेकपा (एमालें को ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादीं को ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्व सहमतिमा नामकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।

Comments

सम्बन्धित खवर