तयारी सकिनै लाग्दा प्रधानमन्त्रीको कतार भ्रमण रद्द
- फाल्गुन १५, २०७९ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कतार भ्रमण रद्द भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण समेत रोकेका छन् । परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औं सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो ।
राष्ट्रपति चुनावका कारण बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बुझिएको छ । पौड्याल एमालेबाट परराष्ट्रमन्त्री बनेकी हुन् । राष्ट्रपतिको चुनावलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटे पनि एमाले सरकारबाट बाहिरिएको छैन । राप्रपाले भने शनिवार नै सरकार छाडिसकेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments