राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिनेबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै
- फाल्गुन १३, २०७९ मा प्रकाशित
काठमाडौँ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने छ ।
राष्ट्रपति पदका लागि आज (शनिबार) उम्मेदवारी मनोनयन हुने भएकाले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ ।
यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठूलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकले निर्णय गर्ने बताए ।
‘अब कसरी अघि बढ्ने के गर्ने ? सरकारमा रहने वा बस्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्छ’ ज्ञवालीले भने । उनले बालुवाटारको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातिर धकेल्ने एमालेमा चिन्ता बढेको बताएका छन् ।
उनले भने, ‘केही नेताका कारण राजनीतिप्रतिको विश्वास टुट्दै जाने खतरा भयो, राजनीति जुवाको खाल जस्तो स्थिति बनाइदियो, यस निर्णयका पछाडि भूराजनीति पनि जोडिएको छ भन्ने एमालेको बुझाई छ ।’ बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जनाइसकेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments