कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार, राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने
- फाल्गुन १२, २०७९ मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति उम्मेदवारबारे औपचारिक टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
कांग्रेसले शनिबार विहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरेका छन् ।
बैठकको एजेन्डाबारे विज्ञप्तिमा उल्लेख गरिएको छैन । तर राष्ट्रपतिबारे औपचारिक टुंगो केन्द्रीय कार्य सम्पादन समिति बैठकले लगाउने कांग्रेस नेताहरुले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रपति उम्मेदवार हुन चासो देखाएका छन् । यी दुईमध्ये एक जनालाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments