बालुवाटारमा प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री पौडेल र रास्वपा सभापति लामिछानेको भेटबार्ता
- फाल्गुन ८, २०७९ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज (सोमबार) बिहान छुट्टाछुट्टै समयमा उनीहरूले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
आइतबार बेलुकी मात्रै नेपाली कांग्रेसका सभापतिसहित पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए । सभापति लामिछानेले राष्ट्रपतिको चुनावको विषयमा अपडेट लिन आज बिहानै प्रधानमन्त्रीसँग भेट गरेको रास्वपाका एक नेताले बताए । उनले पार्टीको सभापति र गठबन्धनको एक घटक भएको नाताले राष्ट्रपति निर्वाचनको विषयमा चासो लिनु स्वभाविक भएको बताएका छन् ।
त्यस लगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतले बताएको छ । छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन । माओवादीको आजै पदाधिकारी बैठक बस्दै छ । अपरान्ह बस्ने बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे प्रचण्डले छलफल गर्ने बताइएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments