•  ९ मंसिर २०८१, आईतवार
  •  12:37:33 AM

आजकाे माैसम : पहाडी भेगमा दिउसाे घाम लाग्दा , तराइमा शितलहर

- पुष २४, २०७९ मा प्रकाशित



इटहरी । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि पश्चिम र मध्य तराईका केहि भू–भागहरूमा शितलहर चलिरहेको अवस्था छ ।

आज (आइतबार) दिउँसो प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ ।

 सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Comments

सम्बन्धित खवर