सुनसरी ३ : कांग्रेसकाे गढमा स्वतन्त्रलाइ भाेट , राप्रपाले मत काट्दा एमालेलाइ फाइदा
- मंसिर ६, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य तर्फको हालै सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेकि भगबती चौधरीले अग्रता कायमै राखेकि छिन । दोश्रोमा राष्ट्रीय स्वतन्त्र पार्टिका कमलबाबु मैनाली र तेश्रो स्थानमा नेपाली कांग्रेसका बिजय कुमार गच्छदार रहेका छन ।
अहिले सम्मको प्रारम्भिक मतगणना अनुसार एमालेकि भगबतीले १६४६ मत पाइरहदा स्वतन्त्रका मैनालीले १२६६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका बिजय कुमार गच्छदारले १०३२ मत प्राप्त गर्दै दुवै प्रतिस्पर्धीलाइ पछ्याइरहेका छन । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्वारले ३७१ मत ल्याएर चाैथाे सथानमा परेका छन ।
इटहरी उपमहानगर ६ बाट सुरू गरिएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमाले पहिलो , राष्ट्रिय स्वतन्त्र पार्टी दोश्रो र नेपाली कांग्रेस तेश्रो स्थानमा देखिएको छ । नेपाली कांग्रेसको गढ मानिएको इटहरी ६ मा अधिकांस मत स्वतन्त्रमा झरेको देखिएको छ । पार्टिले बिवादित ब्याक्तीलाइ उम्मेद्वार बनाइदिदा रूस्ट बनेका कार्यकर्ताहरूले आफ्नो मतको सुरक्षा गर्दै कांग्रेसलाइ खसाल्ने भोट स्वतन्त्र र एमालेलाइ खसालेका छन ।
फलस्वोरूप कांग्रेसको गण मानिएको क्षेत्रबाटै झिनो मत प्राप्त गर्नु पार्टि र उम्मेद्वारकालागि जोखिम देखिएको छ । यता हिन्दु राष्ट्रकाे वकालत गर्दै निर्वाचनमा हाेमिएकाे राप्रपाले चाहे जस्ताे मत ल्याउन सकेकाे छैन । यसलाइ सरसर्ति हेर्दा राप्रपाले पनि केहि मात्रामा कांग्रेसकाे भाेट काटेकाे देखिन्छ । यसरी एकले अर्काकाे भाेट काटिरहदा नेकपा एमालेलाइ भने फाइदा पुगेकाे प्रस्ट देखिन्छ । कुल मतदाता ४७५० रहेकाे इटहरी ६ बाट २ हजार ६९३ मत खसेकाे थियाे ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments