•  ९ मंसिर २०८१, आईतवार
  •  5:37:29 AM

सुनसरीमा मतदान सम्पन्न : ६५ प्रतिशत मत खस्याे , मतगणना आजैबाट सुरू गरिने

- मंसिर ४, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको ४ वटै क्षेत्रमा  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ ।आइतबार सम्पन्न निर्वाचनमा सुनसरीबाट कुल ६५ प्रतिशत मत खशेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । निर्वाचनमा  उपस्थित भएका मतदाताहरूले  आफ्नो मतको सुरक्षा गर्दै उत्साहजनक रूपमा मतदान सम्पन्न गरेका हुन ।

सुनसरीमा कूल ५,४४,९४१ मतदाता रहेकोमा साझ ५ बजे सम्ममा  तीन लाख ४६ हजार ६९३ मत खसेको  जनाइएको छ ।   सुनसरीको क्षेत्र नं १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको जनाइएको छ । यसैबिच सम्पन्न निर्वाचनको मत गणना कार्यक्रम आइतबारबाटै सुरू गरिने जनाइएको छ । 

 सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मतदान केन्द्रहरूबाट मतपेटिका सम्बन्धित गणना स्थल सम्म पूर्याउने काम भइसकेको छ ।सर्वदलीय बैठक बसेर नीति नियम बनाइ मतगणना कार्य प्रारम्भ गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताए । सुनसरीकाे चारवटै क्षेत्रकाे मतगणना आज राती ११ बजेबाट शुरू हुने जनाइएकाे छ । क्षेत्र नं १ काे धरानस्थित सभागृह,क्षेत्र नं २ काे इनरुवास्थित शिक्षा तालिम केन्द्र क्षेत्र नं ३ काे दुहबीस्थित कभर्डहल र क्षेत्र नं ४ काे इनरूवास्थित भगबती मावीमा मत गणना हुने भएकाे हाे ।

Comments

सम्बन्धित खवर