•  १० मंसिर २०८१, सोमबार
  •  7:14:29 AM

अन्तत इटहरीको मुख्य चौक सहित ३ स्थानमा बन्ने भयो सार्वजनिक शौचालय 

- भाद्र १९, २०७९ मा प्रकाशित



इटहरी । इटहरी उपमहानगरमा लामो समयको अथक प्रयास पछि अन्तत सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । इटहरी वडा नं ६  मुख्यचौक स्थित आकेश कलेक्सन छेउ सहित मुख्य तिन स्थानमा सार्वजनिक शौचालय बनिने भएको हो । आइतबार उपमहानगरका मेयर हेमकर्ण पौडेल , उपमेयर संगिता कुमारी चौधरी र वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले सार्वजनिक शौचालय निर्माणको संयुक्ट शिलान्यास गरेका छन । आगामी ६ महिना भित्रै निर्माण कार्य सम्पन्न हुनेगरी काम सुरू गरिने वडाध्यक्ष दिवश पोख्रेलले बताए । पोख्रेलका अनुसार इटहरीको मुख्य चौक सहित पूर्वमा टेंग्रा पुल छेउ र पश्चिममा खेति खोला छेउमा सार्वजनिक शौचालय निर्माण गरिने भएकमो हो । 

टाढाबाट आएका यात्रुहरूको गुनासो र इटहरीवासीको मागलाइ मध्यनजर गर्दै उपमहानगरले आगामि ६ महिनाभित्र सम्पन्न हुनेगरी तिन ठाउमा सार्वजनिक शौचालय निर्माणको प्रकृिया अघाडी बढाएको हो । तिनवटै स्थानमा गरेर करिब ४० लाख रूपैयाको लागतमा सार्वजनिक शौचालय निर्माण हुने वडाध्यक्ष पोख्रेलले बताए । त्यस्तै इटहरी पश्चिम लाइन स्थित विशालबजार भित्र रहेको व्यक्तिगत शौचालयलाई केही दिन भित्र सर्वसाधारण हरूको प्रयोगका लागी ल्याइने भएको छ ।

बजार भित्रका व्यवसायि आफैले उक्त शौचालय सर्वसाधरणकोलागि खुल्ला गर्ने निर्ण गरेका हुन । यता शौचालय शिलन्यास पछि बोल्दै उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले चुनाव अघि गरिएको बाचा नबिर्सिएको र घोषणापत्रमा उल्लेखित बुदामध्येको एक सार्वजनिक शौचालय पनि रहेकोले आफ्नो चुनावि एजेन्डा पुरा गरेको बताए । इटहरीमा लामो समयदेखि सार्वजनिक शौचालयको माग हुदै आएको छ । 

Comments

सम्बन्धित खवर