•  ७ मंसिर २०८१, शुक्रबार
  •  12:14:26 AM

खाना खाएपछि किन निद्रा लाग्छ ? यस्तो छ, वैज्ञानिक कारण

- भाद्र १६, २०७९ मा प्रकाशित



दिउँसो जब हामी खाना खान्छौं, तब निद्रा लागेको महसुस हुन्छ । खानाबाट हामीलाई ऊर्जा प्राप्त गर्दछौं, तर फेरि खाना खाएपछि अल्छी लागेर निद्रा किन आउँछ त ?

खाद्य प्रविधिसम्बन्धी एक कम्पनी फूड मार्बलका पोषणविज्ञ तथा वैज्ञानिक डाक्टर क्येयर शर्टका अनुसार जब हामीले खाना खान्छौं हाम्रो पेट तथा पूरै शरीरले काम गर्न सुरु गर्दछ । यस क्रममा रगतमा सुगरको मात्रा कम हुन जानु पनि हामीलाई निद्रा लाग्नुको एक कारण हुनसक्दछ ।जब हामीले धेरै सुगरयुक्त खानेकुरा खान्छौं, तब रगतमा सुगरको मात्रा बढ्दछ र फेरि तीव्र रुपमा घट्न सक्दछ । सोही कारण अचानक थकानको महसुस हुन्छ ।

यद्यपि रगतमा सुगरको घटबढले मात्र निद्रा आएको भने होइन । यसमा हाम्रो शरीरमा उत्सर्जन हुने हर्मोनको पनि भूमिका छ । खाना खाएपछि हाम्रो सरीरमा कहिलेकाही सेरोटोनिन हर्मोनको उत्पादनमा तीव्रता आउँदछ । यसलाई बोलीचालीको भाषामा फील गुड हर्मोन भनिन्छ । शरीरमा यो हर्मोनको स्तर बढेसँगै हामीलाई निद्रा आउँछ ।

Comments

सम्बन्धित खवर