•  १० मंसिर २०८१, सोमबार
  •  6:12:37 AM

धरानमा बराह सञ्चालक समिती र पिडितहरूबिच बार्ता : तत्काल रकम दिन सक्दैनाै भनेपछि खैलाबैला

- भाद्र १६, २०७९ मा प्रकाशित



धरान । भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित करारनामा गरेको सुनसरीको धरानस्थित बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्ता असफल भएको छ ।बराह पीडित संघर्ष समितिले आइतबार भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकले जानकारी दिएको बताएको छ ।

समितिले भदौ १६ गते नगद वितरण हुने अवस्था नदेखिएको भन्दै उक्त दिन हुलहुज्जत, गालीगलौज, झगडा वा तोडफोड नगर्न पनि आग्रह गरेको छ । साथै, कोही कसैले त्यस खालको घटना गराएमा संघर्ष समितिले जिम्मेवारी नलिने पनि जनाएको छ ।वार्ताको क्रममा सञ्चालकहरुले आफूहरु सुरक्षित हुने मनसायले संयुक्त विज्ञप्ती जारी गरौं भन्ने प्रस्ताव ल्याएको संघर्ष समितिका कार्यवहाक अध्यक्ष श्यामप्रसाद ढकालले जानकारी दिए । साथै, सञ्चालकहरुले बचतकर्ताहरुको पैसा ७÷८ वर्षमा तिरिसक्ने बताएको उनले बताए ।

सञ्चालकहरुले सबै जग्गा जमिन बैंकमा राखेर ऋण लिने प्रक्रियामा रहेको र एकै पटक सबै जग्गाजमिन फुकुवा गरिदिनु भन्ने दबाब दिएका छन् । तर, रकम भुक्तानी गर्ने आधार नदेखिएकोले वार्ता तत्काललाई स्थगित गरिएको पनि संघर्ष समितिको तर्फबाट वार्ता टोलीका संयोजक शंकर थापोले जानकारी दिए ।

बराह सहकारी सञ्चालकहरुले यसअघि भदौ १६ गतेदेखि रकम वितरण गर्ने लिखित करारनामा गरेका थिए । तर, केही दिन मात्र बाँकी रहँदा रकम वितरण गर्ने अवस्था नदेखिएको वार्ता संयोजक थापाले बताए ।

उक्त दिन कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयं बराह सहकारीका सञ्चालकहरुले लिनुपर्ने पनि सञ्चालक समितिले प्रष्ट पारेको छ । साथै, संघर्ष समितिले सहकारी ऐन २०७५ बमोजिम सहकारीलगायत सञ्चालकहरु, उनीहरुका परिवारसमेतको सम्पत्ति र लुकाईएको सम्पत्ति छानबिन गरी समस्याग्रस्त सहकारी घोषणा गर्न पनि माग गरेको छ ।

Comments

सम्बन्धित खवर