सप्तकोसीमा पानीको बहाव बढ्यो , ५६ मध्ये १६ ढाेका खाेलीयाे
- असार १५, २०७९ मा प्रकाशित
इटहरी । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव १ लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ ।
यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments