विराटनगरमा सिटि सफारी चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
- असार ८, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर बुधबार दिउँसो एक जना महिलाको मृत्यु भएको छ ।
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ३३ वर्षीया सुनीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई को १ ह ३०३ नम्बरको सफारी चार्जमा लगाउने क्रममा दिउँसो २ बजेतिर करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । डिएसपी श्रेष्ठका अनुसार घटनाका बारेमा अनुसन्धान थालिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments