किराँत-राई खेलकुद संघको राष्ट्रिय सम्मेलन खोटाङमा हुने
- असार ७, २०७९ मा प्रकाशित
खोटाङ / किराँत-राई खेलकुद संघ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय सम्मेलन खोटाङमा हुने भएको छ । किराँत-राई खेलकुद संघ खोटाङको संयोजन र व्यवस्थापनमा असार २१ र २२ गते दिक्तेलमा संघको तेस्रो राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
किराँत-राई खेलकुद संघ जिल्ला कार्य समितिले पत्रकार सम्मेलन गर्दै संघको केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन ऐतिहासिक किरात थाँतथलो (हेत्छाकुप्पा-रैछाकुले) भूमि खोटाङमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
१३ औं सागमा पदक जित्ने २९ किराँती खेलाडीलाई राष्ट्रिय सम्मेलनको अवसरमा नगदसहित सम्मान गर्ने तयारी गरिएको किराँत राई खेलकुद संघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments