रवि लामिछाने भन्छन , टेलिभिजनकाे पर्दा छाेडेर जनताकाे सेवा गर्न अब राजनीतिमा लाग्छु
- असार २, २०७९ मा प्रकाशित
काठमाडौँ । चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।
‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, हस्तान्तरण कार्यक्रम गर्दैछु।’लामिछानेले आफू राजनीतिमा लाग्ने निधो गरेको समेत बताए।उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्।
‘म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु’, लामिछानेले भने, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। म सल्लाहको चरणमा छु।
उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए।एक्लै स्वतन्त्र जाने सोच छैन’, लामिछानेले भने, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ।
लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए। पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ। लामिछानेले पारिवारिक सम्बन्धको प्रश्नलाई खारेज गरे।लामिछानेले भने, ‘मेरो न कुनै दबाब हुन्छ। न प्रभाव हुन्छ।’
म राजावादी हुन सक्दिँन भन्नुभएको छ। यत्रो परिवर्तन नआएको भए म जन्मिने थिइनँ उनीनिकट ती पत्रकारले भने, ‘उहाँ काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ।’
ती पत्रकारका अनुसार लामिछानेको मतदाता नामावली समेत काठमाडौंको क्षेत्र नं ३ मा रहेको छ। त्यसो त उनले काठमाडौंको क्षेत्र नं २ बाट समेत निर्वाचन लड्ने विषयमा विचार गरिरहेको ती पत्रकारले बताए। लामिछानेले भने आफूले चुनाव लड्ने निर्वाचन क्षेत्रबारे केही बताएनन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments