तिन वटा गाडी हुदा हुदै बेलबारीकि उपमेयरले मागिन ८० लाखकाे नयाँ गाडी , सामाजिक सञ्जालमा चर्काे बिराेध
- असार २, २०७९ मा प्रकाशित
इटहरी । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडीमा हिँड्दा सडकका खाल्डाखुल्डी नदेखिने भन्दै नगरपालिकाको गाडी चढेका छैनन् । उनी नगरका काममा जाँदा निजी मोटरसाइकल प्रयोग गरिरहेका छन् ।
विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले पनि सरकारी गाडी चढेका छैनन् । मोरङको बेलबारी नगरपालिकाले भने तीन वटा चालु सुविधायुक्त गाडी हुँदाहुँदै नयाँ गाडी खरिद गर्नका लागि ८० लाख रुपैयाँ बजेट छुट्याउने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सवारी साधन खरिदका लागि ८० लाख बजेट छुट्टाउन नगरसभामा प्रस्ताव लैजाने तयारी गरेको कार्यपालिकाले गरेको छ । नगरपालिकाले बजेट ल्याउनुपूर्व तयार पारेको सिलिङ बजेटमा ८० लाख रुपैयाँ सवारी खरिद गर्ने शीर्षकमा राखेको छ । उपमेयर नितु थापा कोइरालाले आफूले चढ्ने गाडी पुरानो भएको भन्दै बजेट छुट्टाउन माग गरेपछि गाडी खरिद गर्नका लागि कार्यपालिकामा निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ । जेठ २९ गते आइतबार बसेको कार्यपालिका बैठकले नगरसभामा पेश गर्ने सो प्रस्ताव पारित गरेको भएपनि गाडी किन्ने निर्णयको विरोध भएपछि मेयर दिलप्रसाद (डिपि)राईले निर्णयमा हस्ताक्षर गरेका छैनन् ।
नवनिर्वाचित उपमेयर काँग्रेसकी हुन् भने मेयर राई नेकपा एमालेका हुन् । कार्यपालिका तथा नगरसभामा काँग्रेसकै बहुमत छ । मेयरले गाडी खरिद गर्ने भएपनि विद्युतीय गाडी खरिद गर्नुपर्ने बताएपनि अनुगमन तथा न्यायिक समितिको काममा जाँदा विद्युतीय गाडीमा समस्या हुने भन्दै उपमेयरले नयाँ स्कारपियो किन्नुपर्ने अडान लिएको एक कार्यपालिका सदस्यले बताए ।
उपमेयर थापाले भने गाडी पुरानो भएको र अनुगमनका काम हिँड्दा सबै ठाउँमा पुग्न नसकिने विषय आफूले बैठकमा राखेको बताएकी छन् । जनप्रतिनिधिका लागि राज्यले दिएको सुविधा लिन खोज्दा कुनै विरोध गर्नुपर्ने कारण नभएको उनको भनाइ छ । ‘नगरपालिकामा रहेका केही सवारी साधनहरू पुराना रहेछन्’ उनले भनिन्, ‘खोलानाला, अप्ठ्यारो बाटोमा पुरानो गाडी ठेल्नुपर्ने, जेसिवि लगाएर तान्नुपर्ने भएकाले नयाँ गाडीको आवश्यक रहेको विषय उठाएको हुँ । ’
बेलबारी नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले कस्तो गाडी खरिद गर्ने भन्ने उल्लेख नभए पनि सिलिङ बजेटमा सवारी साधन खरिद गर्न भनेर ८० लाख रुपैयाँ रखेको जानकारी दिए । अहिले नगरपालिकामा ३ वटा गाडी रहेका छन् । को १ झ ५८७ नम्बरको स्कारपियो मेयरले प्रयोग गर्ने गर्छन् भने को १ झ ५०६ नम्बरको बोलेरो उपमेयरले तथा बा २ झ १६३२ नम्बरको टोयटाको हाइलक्स प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गरेका छन् ।
गाडी किन्नका लागि बजेट छुट्ट्याउन लागेको भन्दै नगर बासीहरूले भने सामाजिक सञ्जालमा विरोध गरेका छन् । देशमा चरम आर्थिक सङ्कट परेको बेला अनुत्पादक क्षेत्रमा खर्च गर्दा देशलाई झन् मार पर्ने भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments