निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चित हुनेगरी कानुनी सुधार गर्न निर्देशन
- जेष्ठ ३०, २०७९ मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले आगामी निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी कानुनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नेगरी कानुनी सुधार गर्न निर्वाचन आयोग र नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । कानुन संशोधन गर्नुपर्ने भए संशोधन गर्न र कानुनी व्यवस्था नभए नयाँ बन्ने कानुनमा महिला प्रतिनिधित्व सुनिश्चित हुनेगरी व्यवस्था गर्न सरकारलाई लेखि पठाउने निर्णय गरिएको समिति सभापति दिलकुमारी रावल थापाले बताइन् ।
समितिको बैठकमा राष्ट्रियसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा महिला सहभागिता अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै महिला जनप्रतिनिधिहरुको संख्यामा वृद्धि गरिनुपर्ने धारणा राखेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments