•  ११ मंसिर २०८१, मंगलवार
  •  11:15:31 AM

काठमाडौं-१६ का ‘भाइरल’ वडाध्यक्ष रिजालको घरमा मेयर बालेनको ‘लञ्च मिटिङ’ : यस्ताे भयाे कुराकानी

- जेष्ठ २८, २०७९ मा प्रकाशित



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरको काम-कारबाहीलाई सहज बनाउन विभिन्न उपाय र शैली अपनाउन थालेका छन् ।

उनले महानगरको कामलाई सहज रुपमा अघि बढाउन वडाध्यक्षहरूसँग छलफल अगाडि बढाएका छन् । आज (शनिबार) मेयर शाहले काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालको बालाजुस्थित घरमै पुगेका मेयर शाहले फोहोर व्यवस्थापन र महानगरका काम-कारबाहीका विषयमा सुझाव मागेका छन् । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे) सहित रिजालको घर पुगेका मेयर शाहले त्यहाँ झण्डै दुई घण्टा बिताएका थिए । ‘लञ्च’ सहितको सो ‘मिटिङ’ मा वडाध्यक्ष रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरे । मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

रिजालले भने, ‘नगर प्रमुख ज्यूसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छलफल भएको छ । ’ भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए । रिजालले महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाएका थिए । त्यस लगत्तै सामाजिक सञ्जालमा उनी भाइरल’ बनेका थिए ।

Comments

सम्बन्धित खवर