प्रदेश-१ को नामाङ्करणका लागि एमालेले बनायो संसदीय समिति : जातीय भन्दा भाैगाेलिक पहिचानको आधारलाइ जाेड
- जेष्ठ २७, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश नम्बर १ को नामांकरणका लागि नेकपा एमालेले संसदीय समिति गठन गरेको छ । एमाले प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशको नामाकरणबारे सहजीकरण गर्न पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई सदस्य रहेको समिति गठन गरेको एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
समितिले प्रदेशको नामबारे पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने उनले बताए । आफ्नो पहिलो कार्यकाल सकिनै लाग्दा पनि प्रदेशसभाले अहिलेसम्म प्रदेशको नाम राख्न सकेको छैन । प्रदेश नम्बर १ बाहेकका सबै प्रदेशले नाम राखिसकेका छन् ।
समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने बताइएको छ । अहिले प्रदेश नम्बर एकको हिउँदे तथा बजेट अधिवेशन जारी छ । केही समयअघि, मुख्यमन्त्री राजेन्द्र राईले ठूलो दलको हैसियतले नामकरणको विषयमा पहल लिँदा हुने भन्दै सदनबाट आह्वान गरेका थिए ।
अहिलेसम्म ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । प्रदेश एक प्रदेश सभाको कार्यअवधि नै पूरा हुन लाग्दासमेत औपचारिक रूपमा नामको विषयमा छलफल हुन सकेको छैन । एमाले जातीयभन्दा पनि भौगोलिक पहिचानको आधारमा नाम राख्नुपर्ने पक्षमा रहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments