राजीनामाको एक हप्तापछि रवीन्द्र मिश्रले लेखे : अब म खुइलिएँ
- जेष्ठ १८, २०७९ मा प्रकाशित
काठमाडौं / स्थानीय निर्वाचनमा पराजय ब्यहोरेपछि हारको जिम्मेवारी लिँदै पार्टीको अध्यक्षबाट राजीनामा दिएका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले आफ्नो जीवनमा कसैको राजनीतिक प्रतिशोध पुरा भएको गुनासो गरेका छन्। जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले बुधवार ट्वीटरमार्फत उक्त गुनासो बाहिर ल्याएका हुन्।
एक भेटमा आफूलाई एक जनाले सिधै ‘तपाईलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि!’ भनेको उल्लेख गर्दै मिश्रले ती व्यक्तिको प्रतिशोध पुरा भएको बताएका हुन्। उनले आफू अब खुइलिएकोसमेत बताएका छन्।
उनले ट्वीटमा उल्लेख गरेका छन्, ‘अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पुरा होस्।’ त्यसो त उनले ती व्यक्तिको नाम भने उल्लेख गरेका छैनन्।राजीनामाको भोलिपल्ट मिश्रले तत्काल सञ्चार माध्यमलाई कुनै प्रतिक्रिया नदिने बताएका थिए।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments