संसदमा नारायणकाजी श्रेष्ठको प्रश्न- एमसीसी छ कि खारेज भएको हो ?
- जेष्ठ १८, २०७९ मा प्रकाशित
काठमाडौं / माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) कम्प्याक्टबारे जिज्ञासा राखेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौता खारेज भएको हो ? भन्दै प्रश्न गरेका हुन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दा जारी गरिएको १२ बुँदे घोषणापत्रबारे अमेरिका मौन बसेको र सडक तथा विद्युत प्रशारण लाइन निर्माणमा सरकारले बजेट छुट्याइएको उनको भनाइ छ ।
‘१२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख छ । अमेरिकाले अहिलेसम्म घोषणापत्रबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर चार सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाउने बजेट छुट्याइएको हो ?,’ श्रेष्ठले प्रश्न गरे ।
यसबारे उनले अर्थमन्त्रीसँग जवाफ पनि मागेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments