काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित, उपमेयरमा सुनिता डंगोल
- जेष्ठ १३, २०७९ मा प्रकाशित
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन्।
निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका साह २३ हजार ४२६ मतान्तरले विजयी भएका हुन्।
निर्वाचन आयोगमा प्रविष्ट अन्तिम मतपरिणाम अनुसार साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले भने ३८ हजार ११७ मत प्राप्त गरेका छन्।
इन्जिनियर समेत रहेका र्यापर साह मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन्। डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
उपमेयरका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments